काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता भएको छ ।
मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिको लक्ष्यसम्बन्धी सम्झौताका लागि आफैँले तयार पारेको सूचीमा प्रधानमन्त्रीसँग सम्झौता गरेका हुन् ।
यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले कार्यसम्पादन सम्झौता तयार पारिदिने निर्णय गरेको थियो । मन्त्रीसँगको परामर्शमा सम्बन्धित मन्त्रालयको सचिवले तयार पारेको कार्यसम्पादन सम्झौता प्रधानमन्त्रीसँग गरेका हुन् ।
कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेर आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।