काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ५१५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०५५ मा कारोबार भएको थियो ।