काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सदनमा जनयुद्ध सम्झेर भावुक र नोस्टाजिल्क बनेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकलाई पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधन गरेको प्रचण्ड जनयुद्ध सम्झेर भावुक बने।
उनले भने, ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्यौँ।’ उनले संसद् भवनको जग र जनयुद्धमा शहादत गरेका बलिदानले रङिएको बताए।