काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान ११:३० बजे गुण्डुस्थित अध्यक्ष केपी ओली निवासमा बस्ने गरी शुक्रबार स्थगन भएको हो । शुक्रबारको बैठकमा पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा राखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार ११ बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ ।
पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए । शुक्रबारको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उनले नेताहरूको कार्यविभाजनको विषय शुक्रबारको बैठकमा प्रवेश नपाएको जानकारी दिए ।