काठमाडौं । जेन–जी अभियान्ता रक्षा बमले गणतन्त्र दिवस जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले अहिलेको व्यवस्था कसैको दया वा दानबाट नभई शासकका अगाडि झुक्न अस्वीकार गर्ने नागरिकहरूको संघर्षबाट स्थापित भएको बताएकी हुन्।
‘यो व्यवस्था कसैको दया वा दानबाट आएको व्यवस्था होइन, शासकका अगाडि झुक्न अस्वीकार गर्दै आफ्नो भविष्य आफैँ कोर्न तम्सिएका नागरिकहरूको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धि हो,’ उनले लेखेकी छिन्।
उनले नेपाली जनताले निरंकुश सोच राख्ने शासकलाई समय–समयमा विस्थापित गर्दै आएको समेत बताएकी छिन्। ‘म नै राज्य हुँ’ भन्ने सोच राख्ने हरेक शासकलाई नेपाली जनताले बारम्बार विस्थापित गरेका छन्,’ थप लेखेकी छिन्।