काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्। पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त बताएका हुन् ।
अध्यक्ष लिङदेनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
मानव अधिकार आयोगको सो प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र सङ्घ र त्यसमा आबद्ध सङ्घ, संस्थाहरूको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरूले सफाइका लागि आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने अध्यक्ष लिङदेनको भनाई छ ।