काठमाडौं । सरकारले थप २५ प्रकारको औषधि नेपालमा नै उत्पादन गर्ने भएको छ ।
यसभन्दा अघि उत्पादन भइरहेको औषधिमा थप २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्ने बजेमा समावेश भएको हो । सरकारी औषधि उत्पादन गर्ने कम्पनीबाट यस्तो औषधि उत्पादन हुने भएको हो ।
आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।