काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आजको प्रतिनिधिसभा बैठकमा नेपाली भूमि लिपुलेकका विषयमा मुख खोलेका छन् ।
प्रधानमन्त्री शाहले आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पदमा अर्यालले राखेको प्रश्नको जवाफ दिंदै लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि अतिक्रमणका विषयमा मुख खोलेका हुन् ।
प्रधानमन्त्री शाहले अतिक्रमित नेपाली भूमिका विषयमा भारत र चीनलाई कुटनीतिक नोट पठाइसकिएको जानकारी गराउँदै भने, ‘नोटको जवाफ समेत आइसकेको छ ।’
उनले नेपाली भूमिका विषयमा निकट समयमै ‘टेबल टक’ हुने समेत बताए । उनले नेपाली भूमिको विषयमा बेलायतसँग समेत कुटनीति कुरा हुनुपर्ने बताएका छन् ।