भदौ २३–२४ को मात्र होइन सरकारले प्राप्त गरेको हालसम्मका सबै प्रतिवेदन कार्यान्वयन गर्ने तयारीमा छौँ : प्रधानमन्त्री साह
कर्पोरट खबर
1:52 pm, आइतबार, जेठ १७, २०८३
- प्रधानमन्त्री बालेन्द्र साहले सरकारले प्राप्त गरेका सबै अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने तयारी रहेको बताएका छन्।
- उनले संसदमा कांग्रेस सांसदको प्रश्नको जवाफ दिँदै सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर आवश्यक कारबाही गर्ने जानकारी दिए।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले ‘बालेन’ गत भदौ २३–२४ को मात्र होइन सरकारले प्राप्त गरेको हालसम्मका सबै प्रतिवेदन कार्यान्वयन गर्ने तयारीमा रहेको बताएका छन् ।
उनले विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने बताएका हुन् ।
संसद वैठकमा कांग्रेसका अर्जुन नरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।