काठमाडौं । प्रधानमन्त्री वालेन शाह ’बालेन्द्र’ संसदमा उठेको प्रश्नको जवाफ दिन आइतबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।
तर, प्रधानमन्त्रीको उपस्थिति भए पनि विपक्षी दलहरूले नियमापत्ति जनाएका छन् ।
नेकपाका प्रमुख सचेतक युवाराज दुलालले नियमालीको नियम ५६ अनुसार तीन दिन अघि प्रश्न टिपाएर त्यसको जवाफ दिने व्यवस्था उल्लंघन भएको बताए । ‘नियमावली मिचिनु राष्ट्रको लागि दु:खद हो । लिखित रूपमा प्रश्न टिपाउने र त्यसको जवाफ दिने व्यवस्था छ । यो मिचिुन दु:खद हो,’ उनले भने ।
त्यस्तै, एमालेका प्रमुख सचेतक ऐन महरले पनि सोही विषयमा नियमापत्ति जनाएका छन् ।
‘संविधान र नियमावलीभन्दा माथि कोही पनि छैन । तीन दिन अघि प्रश्न दर्ज गर्ने र १५ वटासम्म प्रश्न गर्ने व्यवस्था छ । यसमा नियमापत्ति छ,’ उनले भने ।

जवाफमा सभामुख डीपी आर्यालले नियमावलीमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था नभएको बताए ।
