काठमाडौं । प्रतिनिधि सभा बैठक पुन: सुरु भएको छ । आज विपक्षी सांसदहरुको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक फेरि सुरु भएको हो ।
पुन: सुरु भएको बैठकमा विपक्षीले अवरोध कायमै राखेका छन् ।
प्रतिनिधि सभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका छन् ।