काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।
त्यसअघि आजै बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पुनः बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।
नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेका हुन् ।