काठमाडौं । आज अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुँदैछ ।
आइतबार संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुन लागेको हो। सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्दैछ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ । त्यस्तै विविध विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।