विराटनगर । हर्क सामपाङका निकटस्थ निनाचन्द्र लाईले श्रम संस्कृति पार्टी छोडेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङका निकटस्थ रहेका राईले पत्रकार सम्मेलन गरी पार्टी छोडेको घोषणा गरे ।
हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।
आफूलाई धरानको मेयरको आश्वासन दिइएकोमा धोका दिएको निनाचन्द्रले बताएका छन् । हर्कले भावी मेयरमा धनबहादुर राईको नाम घोषणा गरिसकेका छन् । धनबहादुरले ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका थिए ।