काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठक सुरू हुनासाथ अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेखि बनाउनुपर्ने माग राख्दै प्लेकार्ड देखाएका थिए ।
त्यसपछि उनले बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाउँदै मार्ग प्रशस्त गर्न माग गरेका छन् ।
उनले आफुले सीमा सम्बन्धमा, सुकुम्बासी सम्बन्धमा प्रधानमन्त्रीले नै सम्हालिरहेका गृह र रक्षा मन्त्रालय सम्हालेकाले संसदमा आएर जवाफ दिनुपर्ने बताए ।
साम्पाङ र श्रम संस्कृति पार्टीले पछिल्ला केहि दिनदेखि प्लेकार्ड देखाएर संसदमा सभामुखको ध्यानाकर्षण गराउँदै आएको छ ।

