काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दसैँका अवसरमा नेपाल टेलिकमले इन्टरनेटका लागि ल्याएको अफर प्रचार गरेका छन्।
प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान फेसबुकमा नेपाल टेलिकमले फेस्टिभ अफर भनेर ४ हजार ९९९ रुपैयाँमै वर्षभिर इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी गराएका हुन्।
प्रधानमन्त्री शाहले फेसबुकमा राखेको पोस्टरमा लेखिएको छ, ‘बजेटमै फिट, स्पिडमा हिट! मात्र रु. ४,९९९ मा वर्षभरि इन्टरनेट!
अब किफायती बजेटमै पाउनुहोस् ३० एमबीपीएस इन्टरनेट! सेवा जडानका लागि १९८ मा फोन गर्नुहोस्।’