काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
नेप्से परिसूचक ११।३७ अंकले घटेर २७५५।४१ विन्दुमा अडिएको छ। नेप्से घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँमा खरिदबिक्री भए। बिहीबार ४ अर्ब ७० करोड मूल्य बराबरको कारोबार भएको थियो।
दोहोरो अंकले घटेको बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ९।७१ प्रतिशतले बढदा बेस्ट फाइनान्स कम्पनीको ७।५५ र सिटी होटलको ७।०६ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५५ करोड मूल्य बराबरको कारोबार गर्यो। सिटी होटलले १९ करोडको सेयर कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १८ करोड र रिडी पावरले १५ करोड मूल्य बराबरको कारोबार गर्यो।

कारोबारमा आएकामध्ये ७४ वटा स्टक्सको मूल्य बढ्दा १८४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

चारवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक घट्यो। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक २।७७ प्रतिशतले बढ्यो।