काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयलाई छुट्याइएको यो वर्षको बजेट धेरै भएको बताएका छन् । पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत बजेट नवप्रवर्तनमा छुट्याउनुपर्ने माग गर्दै आएका उनले यो वर्षको लागि बजेट धेरै भएको बताएका हुन् ।
उनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताए ।
उनले यो वर्ष कानुन निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागि आवश्यक कानुनी व्यवस्थाका लागि तयारी गरिरहेको बताए । उनले करिब आठ वटा ऐनका लागि तयारी गरिएको बताए ।