चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरू भएको छ ।
भरतपुरको गेस्ट हाउस चौरमा जारी महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने तय छ ।
महाधिवेशनका निम्ति ४,२११ प्रतिनिधि निर्धारण गरिएको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । तीन दिनसम्म चल्ने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व निर्वाचित हुनेछ ।