काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १.८१ अंकले घटेर २६१९.७७ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा २८ वटा स्क्रिप्सको ४५८ कित्ता सेयर ५ लाख १५ हजार ७८८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो।५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको १ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।