काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारीसाधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुविधा सुरु गरेको छ ।
दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपांग्रे विद्युतीय सवारीसाधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।
सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरूमार्फत सजिलैसँग आवेदन दिन सकिनेछन ।
बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न सधैँ नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएकोे छ ।
एनएमबि बैंकले हाल देशभर १९८ शाखाहरु, १७६ एटीएम र एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।