काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुनसरीको देवानगञ्ज गाउँपालिकाको खटनानगरमा भएको हिंसात्मक घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
महासंघले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ।
महासंघले पूर्व–पश्चिम राजमार्गमा सार्वजनिक यातायातलाई अवरोधरहित रूपमा सञ्चालन हुने वातावरण बनाउन सरकार, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षसँग आग्रह गरेको छ।
