काठमाडौ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबिचको वार्ता आजका लागि .सकिएको छ।
आजको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ। वार्ता शुक्रबार फेरि हुने गरी आजका लागि स्थिगत भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन भएको वार्ता टोलीले आजै पीडितहरूसँग वार्ता गरेको हो । वार्ता शुक्रबार पनि हुनेछ ।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।
यस्तै सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्।