काठमाडौं । सिरहाको गोलबजारमा आज दुई समुदायबीच भएको झडपका क्रममा गोली चलेपछि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।
उक्त घटनाको अध्ययन तथा छानबिनका लागि प्रहरी उपरीक्षक ९एसपी० भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा इन्स्पेकटर यज्ञराज भट्ट र असइ गोविन्द झा रहेको बताइएको छ ।
समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।