काठमाडौं । १० विद्यार्थी सङ्गठनले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् ।
सुनसरी, सिराहा लगायत पूर्वी तराईका जिल्लाहरूमा हालै भएका हिंसात्मक घटनालाई लिएर संयुक्त प्रेस वक्तव्यमार्फत उनीहरुले गुरुङको राजीनामा माग गरेका हुन् ।
बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दैै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावकारी उपचारको माग गरेका छन् ।
देश गम्भीर सङ्कटमा रहेका बेला प्रभावकारी नेतृत्व दिन असफल भएको उनीहरुको ठहर छ । उनीहरुले गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने जनाएका छन् ।
