काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलाको ४ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।