काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको निमित्त सीईओमा रेना रिजाल नियुक्त भएकी छिन् ।
सञ्चालक समितिको साउन १८ गते सोमबार बसेको ८६ औँ बैठकले प्रमुख कार्यकारी अधिकृत नारायाण कुमार भट्टराईको राजीनामा स्वीकृत गर्दै साउन १८ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको निमित्त सीईओमा रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय गरेको कम्पनी सचिव वैद्यानाथ प्रसाद उपाध्यायले जानकारी दिए ।