काठमाडौं । यस यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब र नगदप्रवाहविवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरेको छ ।
साथै सञ्चालक समितिबाट पेश गरिएकासबैसामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरियो । कम्पनीको आर्थिक वर्ष २०८१/८२ सम्मको वितरण योग्य मुनाफाबाट हालसम्म चुक्ताभएको पूँजी रु. २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने रु.९,९०,००,०००/––अक्षरेपी नौ करोड नब्बे लाख) बराबरको बोनश शेयर तथा सोमा लाग्ने लाभांश कर प्रयोजनाका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांश रु. ५२,१०,५२६।३२ –अक्षरेपी बाउन्न लाख दश हजार पाँच सय छब्बीस पैसा बत्तीस) वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएकोर सम्बन्धित निकायहरुको स्वीकृतिलिई बोनस शेयर जारि गरिने र त्तपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी रु.२,६४,००,००,०००।––अक्षरेपी दुई अर्ब चौसठ्ठी करोड) पुग्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।
२०८३ सालजेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रो पक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रो पक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे ।
आगामी आ.व.२०८३।८४ मा शेयरधनीहरुलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको लक्ष्यहासिल गर्न कम्पनी परिवार क्रियाशिल रहेको छ ।