काठमाडौं । एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
मनाङ जिल्लामा निर्माण भईरहेको यो आयोजना दुध खोला हाइड्रो पावर कम्पनीले प्रवद्र्धन गरेको जलविद्युत आयोजना हो ।
दुध खोला हाइड्रो पावर कम्पनीको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक सहअगुवा बैंकको रुपमा रहेको छ ।
६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड (प्रतिमेगावाट १९ करोड ८४ लाख रूपैयाँ) रहेको छ जसमध्ये बैंकहरुको ऋण लगानी ९ अर्ब ६७ करोड रहनेछ । एनएमबि बैंकले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
ऋण सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीका अध्यक्ष अरुण केसीले हस्ताक्षर गरे ।