काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रभु क्यापिटलले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।
क्यापिटलले विपदबाट प्रभावित नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण, खाद्यान्न, औषधि, आवास तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापनमा सहयोग गर्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा नागरिक समुदायलाई आग्रह गरेको छ।
कम्पनीले जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सम्बन्धित निकायबाट जारी सूचना तथा सतर्कता निर्देशन पालना गरी सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ। साथै नदी तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र उद्धार तथा राहतमा खटिएका निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको मर्चेन्ट बैंकिङ तथा लगानी बैंकिङ सेवा प्रदायक संस्था हो
