काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
अमेजन एयरका लागि सञ्चालनमा रहेको विमान धावनमार्गबाट बाहिरिएपछि आगलागी भएको थियो । उद्धारका लागि ६० भन्दा बढी दमकल तथा २०० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो ।
विमान पोर्टो रिकोको सान हुआनबाट मियामी पुगेको थियो । दुर्घटनाको कारण खुलेको छैन । अमेरिकी उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेका छन् ।
दुर्घटनापछि विमानस्थलका केही धावनमार्ग बन्द हुँदा १६० भन्दा बढी उडान रद्द भएका थिए भने करिब ३२५ उडानमा ढिलाइ भएको थियो ।