काठमाडौं । भोटेकोशी बाढीले बगाएका १ हजार ३६७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३६७ जनाको शव फेला परेको जनाएको छ।
फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये रसुवामा १७४,नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ।
जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।प्राधिकरणका अनुसार ५ हजार १३२ जना अझै सम्पर्कविहीन छन्। सम्पर्क बिहीन हुने ५८७ विदेशी नागरिक रहेका छन्।
हालसम्म १३ हजार ६४६ को उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म १२६४ पटक हेलिकोप्टर उडान गरिएको छ।