नेपाल । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १७ सय र चाँदीको मूल्य रु. ८५ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तोलाको ३ लाख १ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।