काठमाडौं । बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानका २३१ घर उच्च जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।
प्रहरीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् ।
त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उनले जानकारी दिए ।

जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
