काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि घटेर सवा ५ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४७ अंकले घटेको हो । ०.६२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१३.३३ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि ट्रेडिङ समूह ०.२३ प्रतिशतले घटेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३५७ कम्पनीका १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४.९१ रुपियाँ बराबराको कारोबार भएको छ ।
कुमारी बैंकको ऋणपत्र २०९० का लगानीकर्ताहरुले सबैभन्दा बढी १२.१७ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले सबैभन्दा बढी १०.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड ८२ लाख १६ हजार ४ सय ९५.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
