काठमाडौं । बाहिर बजारमा भन्दा साल्ट ट्रेडिङमा सुपथ मूल्यमै खाद्यवस्तु पाइने भएकाले किनमेल गर्न आएको उपभोक्ता हरि मिश्रले बताए ।
चाडपर्व नजिकिँदै गर्दा खाद्यवस्तु बाहिर कृत्रिम अभाव देखाउँदै मनपरी मूल्य निर्धारण गर्ने गरिन्छ, तर यहाँ सुपथ मूल्यमा खाद्य सामग्री पाइने भएकाले आफू साल्ट ट्रेडिङको नियमित ग्राहक भएको पनि उनले सुनाए ।
उनका अनुसार चाडपर्व नजिकिँदै गर्दा सबैभन्दा धेरै आवश्यक पर्ने चिनी, चामल र तेल हुन् र यी सामग्रीहरू छुटसहित सुपथ मूल्यमै पाएको उनले बताए ।
उनले भने, ‘ग्यास, चामल, चिनी लगायतका सबै सामानहरू साल्ट ट्रेडिङबाटै लिने गरेको छु, बाहिर नपाउँदा पनि यहाँ पाइरहेको हुन्छ, बाहिरभन्दा सस्तो पनि हुन्छ । अहिले चिनी बाहिर लिँदा १५/२० रुपैयाँ नै फरक परिरहेको हुन्छ । बाहिर मनपरी छ । तर यहाँ सरकारी मूल्य नै हुन्छ र सबैलाई पुग्ने गरी सामानहरू पनि दिइन्छ ।’
साथै उनले साल्ट ट्रेडिङमा सीमित मात्र खाद्य सामग्रीका प्रकारहरू रहेका तर अझ धेरै भए उपभोक्तालाई सहज हुने पनि बताए ।

