राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
कर्पोरट खबर
7:52 pm, बिहीबार, असोज १५, २०८३
- निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
- प्रमुख आयुक्त मानबहादुर कार्कीले शीतल निवासमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरेका हुन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीले सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।