काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ । शनिबार देशका केही भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“आज मिति २०८३ असोज १७ का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ,“ महाशाखाले भनेको छ ।