काठमाडौं । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा करियर र नवप्रवर्तन सम्वन्धी ‘प्रविधि मेला आज शुरु भएको छ ।
प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) ले जनाएको छ ।
एलबीईएफ (द फस्र्ट आईटी कलेज अफ नेपाल) मा भोलीसम्म चल्ने मेलामा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको लबीईएफ कलेज ले जनाएको छ ।
मेलामा विद्यार्थी, आइटी उद्यमी तथा अभिभावक र समुदायबीच सहकार्य बढाउनु, सिप र अवसरलाई जोड्नु तथा नेपालको डिजिटल भविश्यका लागि सक्षम जनशक्ति तयार पार्नु रहेको एलबीईएफका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए ।
मेलाको उद्घाटनसत्रलाई सम्वोधन गर्दै अध्यक्ष जालानले मुलुकलाई प्रविधिमैत्री बनाउन एवं विद्यार्थीहरुलाई स्वदेशमै रोजगारमुलक बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

नेपालको प्रविधिलाई विदेशमा बेचेर आर्थिक उन्नती गर्ने बेला झईसकेको र सोही अनुसारको जनशक्ति आजको आवश्यत्ता रहेको जालानको भनाई छ ।
बजारको माग अनुसारको आईटी शिक्षा अवको आवश्यक्ता रहेको अध्यक्ष जालानले बताए ।

भोलीसम्म चल्ने मेलामा सहभागीले करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसागको अन्तरक्रिया, प्राविधिक सिर्जना र नेटवर्किङका अवसर पाउनेछन् ।
मेलामा क्रिएटिभ क्ल्यास, बिल्ड ब्याटल, क्याप्चर द फ्ल्याग (सीटीएफ), क्ल्यास रोयाल र इफुटबल गरी पााच प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताको कुल पुरस्कार पूल इन–किन्ड समेत गरी २ लाख ६७ हजार रुपैयाा रहेको आयोजकले जनाएका छन् । प्रतियोगिताले सहभागीको सिर्जनशीलता, प्राविधिक दक्षता, समस्या समाधान क्षमता र टिमवर्कलाई मञ्च दिने अपेक्षा गरिएको छ ।