काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ।
आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन राखेर प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको बताए।
महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने बताए।
अहिलेसम्म सभापति थापालाई कसैले चुनौती नदिएको बताए। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताए। उनले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताए।
उनले हरेक प्रतिनिधिले ३५ सय तिरेपछि पार्टी कार्यालय सानेपाबाट झोला पाउने बताए। उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने प्रयास गरेको बताए। यद्यपि, महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको बताए।
