काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा सजाय भोगिरहेका व्यवसायी दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ।
भट्टलाई कारागार व्यवस्थापन विभागको निर्णयबमोजिम सिन्धुपाल्चोक कारागार पठाइएको हो। कारागार व्यवस्थापन विभागको निर्णयअनुसार आवश्यक कागजात तथा सम्बन्धित फाइलसहित भट्टलाई स्थानान्तरण गरिएको उल्लेख छ।
भट्ट सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका थिए। उनको आचरण ‘सामान्य’ रहेको पनि कारागारको अभिलेखमा उल्लेख गरिएको छ।