नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नेताको लागि पद व्यवस्थापनको लागि मात्रै महाधिवेशन केन्द्रित नहुने बताएकी छिन् ।
१५ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सुधारिकएको कांग्रेस बनाउने अठोट आफूहरूको रहेको बताइन् ।
‘हामी महाधिवेशन नेताको पद व्यवस्थापनको लागि मात्रै गरिरहेका छैनौँ,’ भुसालले भनिन्, ‘कांग्रेसमा आत्मसमीक्षा, आत्मसुधार र पुनर्निर्माणको लागि हो । आन्तरिक लोकतन्त्रलाई अझै बलियो बनाउनुपर्छ । अब नयाँ र युवा पुस्तालाई अवसर दिँदै अगाडि बढ्छौँ ।’
महिला आन्दोलन, संगठनमा लागेको भन्दै नीति र निर्माण तहमा महिलाको प्रतिनिधित्व आवश्यक रहेको उनले बताइन् ।
