काठमाडौं । निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टरले ‘ए टच अफ केयर’ अभियानअन्तर्गत आफ्ना लाजिम्पाट र भक्तपुर शाखाबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य तथा उपचार सेवामा विशेष छुटको घोषणा गरेको छ।
सेन्टरले फिजियोथेरापी परामर्श सेवामा ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ। त्यस्तै, कपिङ, ड्राइ निडलिङ, लेजर, एक्युपञ्चर, बस्ती तथा अस्टियोप्याथी लगायतका उपचार सेवामा २० प्रतिशत छुट प्रदान गरिनेछ।

विशेष चिकित्सकीय सेवाअन्तर्गत हाडजोर्नी तथा स्नायु सम्बन्धी उपचार र घरमै उपलब्ध गराइने सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरिएको सेन्टरले जनाएको छ।
त्यसैगरी, वाफ उपचार, बरफ स्नान तथा आयुर्वेदिक उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। १० दिन वा सोभन्दा बढी अवधिका लागि अग्रिम भुक्तानी गरी लिइने उपचार प्याकेजमा पनि २५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।

सेन्टरका अनुसार स्वास्थ्य तथा उपचार सेवामा सहज पहुँच बढाउने उद्देश्यले ‘ए टच अफ केयर’ अभियानअन्तर्गत छुट योजना ल्याइएको हो। यो योजना लाजिम्पाट र भक्तपुरस्थित सेन्टरका शाखाबाट उपलब्ध हुने जनाइएको छ।
