काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.६८ अंकले बढेर २५७४.०३ विन्दुमा अडिएको छ।
यो समयमा ५२ वटा स्क्रिप्सको ४ हजार ९०९ कित्ता सेयर ३४ लाख ७५ हजार ८३२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।