काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को व्यापार मेला समितिको आमन्त्रित सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष उपेन्द्र राज सुवेदी (राजु) मनोनित भएका छन् ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उनलाई उक्त जिम्मेवारी मनोनित गरेका हुन् । वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य लगायतले सुवेदीलाई मनोनयत पत्र हस्तान्तरण गरेका छन् ।
मनोनयतप्रति सुवेदीले हार्दिक आभार प्रकट गर्दै आफूमाथि विश्वास गरी प्रदान गरिएको जिम्मेवारीलाई पूर्ण इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुलुकमा व्यापार मेलाहरूको प्रभावकारी सञ्चालन, नेपाली उत्पादनहरूको प्रवद्र्धन तथा समग्र उद्योगी–व्यवसायीहरूको हकहितका क्षेत्रमा आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउने उनको भनाइ छ ।