काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्ष झण्डै ३१ अर्ब बजेट ल्याएको छ ।
बिहीबार बसेको त्रिवि सभाले आर्थिक वर्ष २०८३ /८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँ बजेट पास गरेको हो ।
जुन अघिल्लो वर्षको भन्दा ९.७७ प्रतिशत बढी हो । त्रिविले गत आर्थिक वर्ष २०८२ /०८३ का मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट ल्याएको थियो । आर्थिक वर्ष आर्थिक वर्ष २०८३ /८४ का लागि त्रिविले नीति तथा कार्यक्रम र बजेट आज बिहीबार सार्वजनिक गरेको हो ।
गएको असारमै ल्याउनुपर्ने भए पनि सभानै बस्न नसकेका कारण ढिलो गरी त्रिविले नीति तथा कार्यक्रम र बजेट लयाएको हो । अघिल्ला वर्षहरूमा त्रिविले साउनमै बजेट ल्याउने गरेको थियो ।
कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारको बजेटबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ ।

कुल बजेटको ८६.१४ प्रतिशत सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ हुने प्रक्षेपण गरिएको छ । सरकारले आर्थिक वर्ष २०८३ /८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ ।
