काठमाडौं । दसैँलाई लक्षित गर्दै केन्ट आरओले शुद्ध पिउने पानी, परिवारको स्वास्थ्य र स्वस्थ जीवनशैलीको महत्त्वमा जोड दिएको छ ।
नेपालीहरूको महान् पर्व दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने चलन छ । यही अवसरमा केन्ट आरओले परिवारको स्वास्थ्यका लागि सफा र सुरक्षित पिउने पानीको महत्त्व स्मरण गराएको हो ।
‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ भन्ने प्रतिबद्धतासहित केन्ट आरओले पानी शुद्धीकरणका विभिन्न उपकरण उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ती उपकरणले पानीमा रहेका हानिकारक अशुद्धता हटाउनुका साथै आवश्यक खनिज कायम राख्ने उद्देश्य राख्छन् ।
पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव रहेको केन्टले आफ्ना उत्पादनमार्फत परिवारको स्वस्थ जीवनशैलीमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले दसैँको अवसरमा परिवारसँग बिताइने खुसीका पलमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको महत्त्वलाई प्राथमिकता दिन आग्रह गरेको छ ।