काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहार बिदामा लुसिफर गीतसँगै विन्दास (रोमान्टिक) मुडमा फोटो सार्वजनिक गरेका छन्।
फेसबुकमा उनले एक हातले कपाल सुम्सुम्याएर रोमान्टिक जस्ता देखिने गरी तस्वीर सार्वजनिक गरेका छन्।
उनको मनपर्ने कालो पहिरन, कालो चस्मा र हल्का फूलेको दाह्री–कपालमा प्रस्तुत भएका छन्। उनलाई टिप्पणीमा कतिपयले सकारात्मक रुपमा त कतिपयले नकारात्मक प्रतिक्रियाहरु दिएका छन्।
उनले कुनै स्टाटस नराखी पृष्ठभूमिमा गीतसहितको तस्वीर र क्याप्सनमा मुस्कारनसहितको इमोजी राखेका छन्। प्रधानमन्त्री शाहका यस्ता सांकेतिक पोस्टले सामाजिक सञ्जालमा चर्चा पाउने गरेका छन्।
यसपटक भने नयाँ लुकसँगै गीतको छनोटले उनको पोस्टलाई थप चासोको विषय बनाएको छ।यद्यपि, सोमबारको पोस्टमार्फत उनले कसैलाई लक्षित गरेका हुन् वा आफूमाथि लागेका आरोपप्रति व्यंग्य गरेका हुन् भन्नेबारे कुनै स्पष्ट सन्देश दिएका छैनन्।
