घोप्टेभीरको सुक्खा पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु
कर्पोरट खबर
8:44 am, मंगलबार, कात्तिक २४, २०८३
- चितवनको घोप्टेभीरमा सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड दुईतर्फी सुचारु भएको छ।
- यसअघि आइतबार र सोमबार पनि सोही स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।
काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड दुईतर्फी सुचारु भएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो हटाएर सडक सूचारु भएको हो ।
यसअघि आइतबार र सोमबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो ।