काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री माननीय गिता चौधरी टर्कीको अन्तालियामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन प्रस्थान गरेकी छिन् ।
सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । साथै,उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछिन् । साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राखिन् ।